काठमाडौं । शुक्रबार हुने उपराष्ट्रपति चुनावको तयारी भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी भएको जानकारी दिएको छ ।
शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । आयोगले मतदानको ४८ घण्टा अगाडिबाट मौन अवधि सुरु भएको भन्त्दै सो आचारसंहिता पालना गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । यो अवधिमा चुनावसम्बन्धी कुनै छलफल, बैठक वा गोष्ठी नगर्न भनेको छ ।
उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य, ममता झा, प्रमिला यादव र रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
प्रमिला यादवले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । यो चुनावमा संघीय संसदका सांसद र प्रदेशसभाका सदस्यहरूले मतदान गर्नेछन् ।
शुक्रबारै मतपरिणाम पनि सार्वजनिक गरिनेछ । यसअघि राष्ट्रपतिको चुनावमा रामचन्द्र पौडेल निर्वाचित भएर कार्यभार सम्हालिसकेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९