यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा


यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झालले अर्धशतक पुरा गरेका थिए।

खराब मौसमका कारण खेल राेकिएपछि नेपाल डीएल मेथडका आधारमा २ रनले अगाडि भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियाे ।

यूएईविरुद्द दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले १ विकेट लिए ।

यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गर्दै नेपालले जितेको थियो ।


प्रकाशित मिति: बिहिबार, २ चैत, २०७९, १८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९