काठमाडौँ । निर्वाचन आयोगले आचार संहिता जारी भएपछि पार्टीका कुनै पनि बैठक बस्न नमिल्ने भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ।
उपराष्ट्रपति निर्वाचनमा मतदान कसलाई दिने भन्ने विषयमा निर्णय गर्न बिहान साढे ११ बजेलाई बोलाइएको बैठक स्थगित भएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
उपराष्ट्रपति चयनका लागि १० बजेदेखि ३ बजेसम्म मतदान तोकिएको छ । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवार छन्।
रास्वपाले फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९