उपराष्ट्रपतिको मतगणना सुरु

उपराष्ट्रपतिको मतगणना सुरु


उपराष्ट्रपतिको मतगणना सुरु

 काठमाडौँ, । उपराष्ट्रपति चुनाव मतगणना सुरु भएको छ । संसद भवनको शंकर हलमा  मतगणना शुरु भएको हो । प्रदेश र संघीय संसदको फरक फरक स्थानमा मतगणना हुँदैछ । शुक्रबार बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजे सकिएको थियो । उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् । 

संघीय संसदका ३३१ जना सांसदमध्ये २० जना सांसदले मतदान गरेनन् । यस्तै सातवटै प्रदेशका ५५० सांसदमध्ये ३२ जना सांसदले मतदान गरेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले घोषित रुपमै चुनावमा भाग नलिँदा ठूलो संख्यामा मत नखसेको हो । 

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य  र जनमत पार्टीका ममता झा उम्मेदवार छन् । 


प्रकाशित मिति: शुक्रबार, ३ चैत, २०७९, १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९