काठमाडौ, । आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हुँदै छ ।
विगत १४ बर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजार भन्दा बढी सम्बन्धन क्याम्पसमा हुन थालेको हो ।
पटक पटक घोषणा भएपनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । प्रत्येक दुई दुई बर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अहिले विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने जानकारी दिए । उनले आज मतदान सकेर मतगणना गर्ने समेत बताए ।
धेरै समयपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर सहभागि हुँदैछन् ।
उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, अमृत साइन्स क्याम्पस, सररस्वति क्याम्पस, महेन्द्ररत्न वहुमुखी क्याम्पस, थापाथली इन्जियिरियङ, क्याम्पस, पुल्चोक इन्जियिरियङ क्याम्पस,पद्मकन्या वहुमुखी क्याम्पस लगायत अधिकांश क्याम्पस निर्वाचन हुँदै छ ।
स्ववियु निर्वाचन २०१८÷०१९ सालदेखि भएको इतिहास रहेको छ । २०३० सालदेखि प्रत्येक बर्ष हुने स्ववियु निर्वाचन २०३६ सालबाट नियमित दुई÷दुई बर्षमा हुन थालेको हो । २०७३ सालमा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली र २८ बर्षे उमेरहदवन्दी लगाएर निर्वाचन भयो । तर उक्त निर्वाचन धेरै क्याम्पसमा हुन सकेन
। २०७३ सालमा उपत्यका ९ र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
२०७३ सालदेखि स्ववियु निर्वाचन मिश्रित प्रणालीमा हुन थालेको छ । यसपटक पनि स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुन थालेको हो ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।
सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९