संसदमा प्रमुख प्रतिपक्षी दल अब नेकपा एमाले

संसदमा प्रमुख प्रतिपक्षी दल अब नेकपा एमाले


संसदमा प्रमुख प्रतिपक्षी दल अब नेकपा एमाले

काठमाडौं । संसदमा अब नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिका हुनेछ। नेपाली कांग्रेस सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दलको विवाद सकिएको छ। २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस प्रतिपक्षीमा बसेपछि प्रतिपक्षी दलको विवाद पेचिलो बनेको थियो ।

१० पुसमा प्रधानमन्त्री चयन गर्न बनेको एमाले-माओवादी समीकरण राष्ट्रपति निर्वाचनमा आएर भत्किएसँगै कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षी बेञ्चमा पुगेको छ।

सरकारमा सहभागी नभएसम्म प्रतिपक्षीको बेञ्चमा बस्ने कांग्रेसको अडान थियो । एमाले र कांग्रेस दुवैले प्रतिपक्षीमा बस्ने भनेपछि १८ दिनसम्म संसद बैठक स्थागित गरिएको थियो । १७ फागुनमा बोलाइएको संसद बैठक अन्तिम समयमा स्थगित गरिएको थियो।

आइतबार कांग्रेसले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेको छ। ‘आजको संसद बैठकमा सत्तापक्षको बेन्चमा बस्ने स्वयं सिद्ध भयो,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने  एमालेले प्रतिपक्षी बेन्चमा बस्ने औपचारिक पत्र संसद सचिवालयलाई दिइसकेको छ। संसद बैठक आज दिउँसो १ बजे बस्नेछ ।


प्रकाशित मिति: आइतबार, ५ चैत, २०७९, १२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९