काठमाडौँ, । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले हाल कायम रहनुभएको महासचिव डा बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।
नेकपा (एमाले)मा उपमहासचिवको जिम्मेवारी पूरा गरेका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित रहेका छन्।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९