काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा गोपनियताको शपथ दिलाउने कार्यक्रम तय भएको छ ।
बारा– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले आइतबार नै सांसद र जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।
यादवले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफू उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा–२ को निर्वचान क्षेत्र रिक्त रहेको जानकारी गराएका छन् ।
चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झालाई पराजित गर्दै निर्वाचित भएका थिए।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९