काठमाडौँ , । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री भएको भोलिपल्टबाट इमान छोडेको आरोप लगाएका छन् ।
आज संसद भवन ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन । अध्यक्ष ओलीले प्रचण्ड प्रधानमन्त्री भएपछि दक्षिणपन्थतिर लागेको बताए ।
अध्यक्ष ओलीले भने, ‘हाम्रो प्रयासमा वामपन्थीसहितको सरकार बनाउन चाह्यौं । हामीले सरकार बनायौं । प्रधानमन्त्री हुनु थियो प्रधानमन्त्री भएको भोलिपल्टबाट उहाँले इमान छोड्नुभयो । बेइमानी सुरु गर्नुभयो । उहाँ इमानमा रहन सक्नुभएन भनौं । उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो ।’
प्रचण्ड प्रधानमन्त्री भएपछि राष्ट्रियता कमजोर भएको ओलीले बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९