काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत नदिने प्रस्ताव पेस गरेको थियो । ओलीको त्यो प्रस्ताव सर्वसम्मतीले पारित भएको एमालेका एक सांसदले जानकारी दिए ।
यसअघि २६ पुसमा दाहालले विश्वासको मत लिँदा एमालेले विश्वासको मत दिएको थियो भने सरकारमा पनि सहभागी भएको थियो ।
तर फागुन १० गते प्रधानमन्त्री दाहाल र उनी नेतृत्वको पार्टी माओवादीले राष्ट्रपतिमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग नगरी कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको थियो ।
त्यसपछि एमालेले सरकारलाई दिएको समर्थन १५ फागुनमा फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो ।
त्यसपछि संसद्मा आफ्नो पक्षमा विश्वास छ भन्ने देखाउन प्रधानमन्त्री दाहालले आज बस्ने संसद् बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गर्दैछन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९