पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न विद्यार्थी संगठनको माग

पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न विद्यार्थी संगठनको माग


पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न विद्यार्थी संगठनको माग

काठमाडौं । चार विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने परीक्षाको केन्द्र पायक पर्ने ठाउँमा राख्‍नुपर्ने माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याइ पायक पर्ने ठाउँमा राख्‍न माग गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरुपमा तथा नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।

तीन विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौं ।

यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।


प्रकाशित मिति: बिहिबार, ९ चैत, २०७९, १९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९