काठमाडौँ । नेपाली कांग्रेसबाट सरकारमा उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने निश्चित भएको छ ।
पदाधिकारी बैठकमा खड्काले नेतृत्व गरेर सरकारमा सहभागी हुने निश्चित भएको हो ।
खड्काले नेतृत्व गरेर जाने निश्चित रहेको तर उनी अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्री बनेर जाने कि रक्षा मन्त्रालयसहित उपप्रधानमन्त्री बनेर जाने निश्चित भएको छैन ।
‘कांग्रेसबाट उपसभापति पूर्ण बहादुर खड्काले नेतृत्व गरेर सरकारमा जाने सय प्रतिशत हो । उपसभापति खड्का उपप्रधान तथा अर्थमन्त्रीकै रुपमा सरकारमा जान चाहन्छन् । तर, मन्त्रालय कुन हो भन्ने निश्चित भएको छैन,’ सभापति देउवा निकट स्रोतले भन्यो ।
पार्टीबाट नेतृत्व गरेर सरकारमा जान प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि प्रयास गरिरहेका छन् । तर वर्तमान गठबन्धन निर्माण गर्न र अन्य विषयमा प्रधानमन्त्रसिँग देउवाले वार्ता र छलफल गरिरहेकाले खड्काकै नेतृत्वमा सरकारमा पठाउने तयारी देउवाले गरिरहेका छन् ।
सभापति देउवाले अर्थमन्त्रीमा प्रवक्ता डा. प्रकाशशरण महतलाई पठाउन चाहेका छन् । तर, खड्काको दाबी आफैले अर्थ मन्त्रालय लिनुपर्छ भन्ने छ ।
यदी देउवाले प्रवक्ता महतलाई अर्थमन्त्री बनाए भने खड्काले रक्षासहित उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी हुने उनी निकट एक नेताले बताए । अहिलेसम्म सात पटकसम्म मन्त्री बनिसकेका खड्काले विगतमा पनि अर्थमन्त्री बन्ने प्रयास गरेका थिए । २०५८ मा अर्थमन्त्री बन्ने प्रयास गरेका खड्का सम्भव नभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए ।
कांग्रेसबाट उपसभापति धनराज गुरुङ शेखर कोइराला समूहबाट मन्त्री बन्नेको पहिलो लिस्टमा छन् । यस्तै जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सञ्जय गौतम पनि कोइराला समूहबाट मन्त्री बन्न लबिङमा छन् ।
कांग्रेस नेता शशांक कोइरालाले दीपक खड्कालाई मन्त्रीका लागि सिफारिस गरेका स्रोतले बतायो । आफू मन्त्री नबनेको अवस्था प्रकाशमान सिंहले राजन केसीलाई मन्त्री बनाउन सिफारिस गर्ने उनी निकट स्रोतले बतायो ।
आफ्नो समूहबाट मन्त्री बनाउन फलामको च्यूरा चँपाएसरह छ । संस्थापनबाट नेता एनपी साउद, किशोरसिंह राठौर, मोहन बस्नेत, शंकर भण्डारी, रमेश रिजाल, उदयशम्शेर राणा, सीता गुरुङ, श्याम घिमिरे, वीरबहादुर बलायर मन्त्री बन्न लविङ गरिरहेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९