यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव छैन : पौडेल

यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव छैन : पौडेल


यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव छैन : पौडेल

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव नभएको बताएका छन् ।

सुर्खेतमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले वर्तमान गठबन्धन सरकारबाट समृद्धि नआउने बताए । ‘यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव छैन। यो सरकारले समृद्धि पनि दिन सक्दैन,’ उपाध्यक्ष पौडेलले भने ।

संसद्बाट दोस्रो पटक विश्वासको मत लिएको धेरै दिनसम्म पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताए पौडेलले बताए ।

ठूलो संख्यामा उपप्रधानमन्त्रीको दाबी र मन्त्रालयमा मागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको बताउँदै उनले भागबण्डामा अल्झिने सरकारले नागरिकलाई सौलियत दिन नसक्ने बताए । उनले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको पनि बताए।

सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा नभई पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान रहेको आरोप पौडेलको थियो ।

उनले अहिलेको गठबन्धन देशभित्रका राजनीतिक दलले मात्र नभई विदेशीको अबान्छित हस्तक्षेपका बीच बनेको आरोपसमेत लगाएका छन्।


प्रकाशित मिति: आइतबार, १२ चैत, २०७९, ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९