रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अखिलको माग

रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अखिलको माग


रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अखिलको माग

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी रहेका क्याम्पसको तत्कालन निर्वाचन गर्न माग गरेको छ । 

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक एवम् शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसाललाई अनेरास्ववियुका अध्यक्ष समिक वडालको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै रोकिएको क्याम्पसको स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो । 

अध्यक्ष बडालले रोकिएका क्याम्पसको निर्वाचनको मिति घोषणा नगरे आन्दोलनका कार्यक्रम गर्ने बताए । “लामो समयपछि भएको स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनलाई थप आकर्षण गराएको छ” उनले भने “ स्ववियु निर्वाचन रोकिएका क्याम्पसको पनि चाँडै नै मिति घोषणा गरेर चुनाव गरियोस् ।”
आङ्गिकतर्फ उपत्यकामा सात र उपत्यका बाहिर १० वटा क्याम्पसमा निर्वाचन हुन सकेको छैन । 

ज्ञापन पत्रमा निर्वाचन हुन बाँकी १७ आङ्गिक क्याम्पसमा सर्वपक्षिय विद्यार्थी सङ्गठनको बैठक बोलाएर निर्वाचन कार्यतालिका प्रकाशन गर्न मा गरिएको छ । 

यहि चैत ५ गते १४ बर्षपछि त्रिविमा स्ववियु निर्वाचन भएको थियो । अहिले पनि केही क्याम्पसमा विद्यार्थी सङ्गठनबीच विवाद हुँदा स्ववियु निर्वाचन हुन सकेको छैन । 

 


प्रकाशित मिति: सोमबार, १३ चैत, २०७९, ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९