सभामुखको अधिकार कटौतीको विपक्षमा पूर्वसभामुख ढुंगाना

सभामुखको अधिकार कटौतीको विपक्षमा पूर्वसभामुख ढुंगाना


सभामुखको अधिकार कटौतीको विपक्षमा पूर्वसभामुख ढुंगाना

काठमाडौं, ।  सभामुखको अधिकार कटौतीप्रति पूर्वसभामुख दमननाथ ढुंगानाले विरोध जनाएका छन् । 

ढुंगानाले सभामुखको अधिकार कटौती गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने जनाएका हुन्  । सभामुख एउटा पार्टीको भयो, अर्को पार्टीलाई सभामुखको अधिकार कस्नु पर्‍यो, फेरि अर्को पार्टीको होला , सभामुखको अधिकार फराकिलो पार्नुपर्‍यो,” ढुंगानाले ट्वीटरमा लेखेका छन् , “यस्तो सोचसमझ व्यवहारबाट लोकतन्त्र कहिले संस्थागत होला ।”

प्रतिनिधि सभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्यव्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ ।

सभामुखको अधिकार कटौतीको विपक्षमा प्रतिनिधि सभामात्र होइन राष्ट्रि सभाका सांसदहरु समेत उभिएका छन् । राष्ट्रि सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गलत भएको टिप्पणी गर्नुभएको छ । 


प्रकाशित मिति: सोमबार, १३ चैत, २०७९, ०७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९