काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
मंगलबार बिहान नौ बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छनोट र १० बैशाखमा हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार तय गर्ने विषयमा छलफल गरेर निर्णय हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक राजनीति, पार्टीका तर्फबाट उपनिर्वाचनमा उम्मेदवार चयन, तथा सरकारमा सहभागी मन्त्रीहरू टुंग्याउने विषयमा छलफल हुने जानकारी दिए ।
१० बैशाखमा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ । तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसमा अनौपचारिक सहमति भएकाले बैठकले संस्थागत निर्णय गर्नेछ ।
बारा २ मा सम्भवतः जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने कांग्रेसको नीति हुनेछ भने चितवन २ मा भने उम्मेदवार उठाउनेबारे कुराकानी हुने नेताहरू बताउँछन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९