‘जनयुद्ध दिवस’ खारेजीको माग गर्दै परेको रिट दरपीठ

‘जनयुद्ध दिवस’ खारेजीको माग गर्दै परेको रिट दरपीठ


‘जनयुद्ध दिवस’ खारेजीको माग गर्दै परेको रिट दरपीठ

काठमााडौं । ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै पेश भएको रिट दरपीठ भएकाे छ।

रामेछापका कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आइतबार पेश गरेकाे रिट सर्वोच्चले दरपीठ गरिदिएकाे हाे ।

‘राज्यको कार्यकारी निकायबाट कहिले बिदा दिने वा कहिले नदिने, कुन दिवस वा उत्सव मनाउने वा कुन नमनाउने भन्नेजस्ता नीतिगत विषयमा निर्णय गर्न सक्ने देखिएको अवस्थामा सरकारले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गरेको मिलेन बदर गरिपाऊँ भनी निवेदन ल्याएकोमा उक्त निर्णयमा नीतिगत प्रश्न समावेश रहेकाले यो विषय अदालतबाट न्याय निरुपण हुन सक्ने नदेखिँदा प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन,’ सर्वोच्च प्रशासनको आदेशमा भनिएको छ।


प्रकाशित मिति: सोमबार, १३ चैत, २०७९, १८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९