मन्त्री र उम्मेदवार टुंग्याउन जसपाको बैठक बस्दै

मन्त्री र उम्मेदवार टुंग्याउन जसपाको बैठक बस्दै


मन्त्री र उम्मेदवार टुंग्याउन जसपाको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समिति बैठक आज बस्दैछ ।

पार्टी कार्यालय बालकुमारी ललितपुरमा दिउँसो एक बजे बस्ने बैठकमा वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र १० बैशाखमा तय भएको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउने विषयमा छलफल हुनेछ ।

पार्टी प्रवक्ता मनिष सुमनले मन्त्री र उम्मेदवार छान्ने विषय बैठकको एजेण्डा रहेको जानकारी दिए ।

सत्ता गठबन्धनको एउटा घटक जसपाले सरकारमा दुई मन्त्रालय पाउने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनको बैठकमा राखेका छन् । ती दुई मन्त्रालयमा मन्त्री बनाउने सांसदको नाम पार्टी बैठकले तय गर्नेछ ।

प्रधानमन्त्रीले ढिलोमा बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकाले आफ्नो भागमा परेका मन्त्रीको नाम टुंग्याउन जसपाले कार्यकारिणी समिति बैठक बोलाएको हो ।

त्यस्तै १० बैशाखमा बारा–२, तनहुँ–१ र चितवन–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । ती मध्य बारा–२ मा जसपाले सत्तागठबन्धनबाट पार्टीले उम्मेदवार बन्नुपर्ने सहमति हुनुपर्ने दाबी गरेको छ । सत्ता गठबन्धनमा सहमति भएमा पार्टी अध्यक्ष उपेन्द्र यादव त्यहाँबाट उम्मेदवार बनेर प्रतिनिधि सभामा भित्रिन चाहेका छन् ।

त्यो क्षेत्रबाट जितेका जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त क्षेत्र पार्टीले नै पाउनु पर्ने दाबी जसपाले सत्ता गठबन्धनमा गरिरहेको छ ।


प्रकाशित मिति: मंगलबार, १४ चैत, २०७९, ०८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९