मन्त्री भागबण्डा टुंग्याउन सत्ता गठबन्धन बैठक ४ बजे

मन्त्री भागबण्डा टुंग्याउन सत्ता गठबन्धन बैठक ४ बजे


 मन्त्री भागबण्डा टुंग्याउन सत्ता गठबन्धन बैठक ४ बजे

काठमाडौं । सत्तारुढ दलहरूलाई मन्त्री भागबण्डा टुंग्याउन सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सोमबार बिहान बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउन आज अपरान्ह ४ बजे साझेदार दलहरूबीच बैठक बस्ने निर्णय गरेको थियो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गरी नयाँ मन्त्रीको भागबन्डा र नाम टुंगो लगाउने तयारी रहेको एक नेताले जानकारी दिए ।

बैठकमा दलहरूबीच मन्त्रीको भागबन्डा मिलेर मन्त्रीको नाम टुंगिए प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्री दाहालले मन्त्री भागबन्डा गर्न पेस गरेको मोटामोटी प्रस्तावमा साझेदार दलहरूबीच सहमति भइसकेको छैन ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।


प्रकाशित मिति: मंगलबार, १४ चैत, २०७९, ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९