मन्त्रालय भागबण्डा र न्युनतम साझा कार्यक्रमबारे सत्ता गठबन्धन बैठक बस्दै

मन्त्रालय भागबण्डा र न्युनतम साझा कार्यक्रमबारे सत्ता गठबन्धन बैठक बस्दै


मन्त्रालय भागबण्डा र न्युनतम साझा कार्यक्रमबारे सत्ता गठबन्धन बैठक बस्दै

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आह्वान भएको छ । बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ ।

मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।

त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् । त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

हिजोको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भने जुटेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा एकीकृत समाजवादी र जसपाले तीनतीन र लोसपाले दुई मन्त्रालयमा दाबी नछाडेपछि सहमति नजुटेको स्रोतले बतायो ।

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन्।


प्रकाशित मिति: बुधबार, १५ चैत, २०७९, ०८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९