बालुवाटार बैठक निष्कर्षविहीन, दिउँसो ३ बजे फेरि बस्ने

बालुवाटार बैठक निष्कर्षविहीन, दिउँसो ३ बजे फेरि बस्ने


बालुवाटार बैठक निष्कर्षविहीन, दिउँसो ३ बजे फेरि बस्ने

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरूले आ–आफ्नो अडान नछोड्दा मन्त्रालय मागबण्डामा कुरो मिल्न सकेको छैन । विहान मन्त्रालय भागबण्डा मिलाउन बसेको सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र मन्त्रालय भागबन्डामा सहमति जुटाउने छलफल भए पनि कुरा मिल्न सकेन् ।

कुरा नमिलेपछि बिहान बसेको बैठक अहिलेलाई स्थगित भएको र दिउँसो तीन बजे बसेर मन्त्रालय भागबण्डा र न्युनतम साझा कार्यक्रम टुंग्याउने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बुधबार बिहान बसेको बैठकमा पनि मन्त्रिमण्डल विस्तारबारे सहमति भइनसकेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए। ‘अहिले लञ्च ब्रेक भयो हामी फेरि ३ बजे बस्छौँ,’ यादवले भने, ‘सहमति भइसकेको छैन।’

नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकका अनुसार सरकारमा सहभागी दलहरुको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा साझ पाँच बजेसम्म दलहरूले आफ्ना विषय थप घट गर्ने गरी निर्धारण गरिएको छ।

‘मस्यौदामा साँझसम्म थपघट गरेपछि मात्रै भोलि फाइनल गर्छौ,’ उनले भने, ‘अहिले बैठकमा मूलतः सरकार गठनको कुरा भयो, फेरि भरे छलफलमा बस्छौँ ।’

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि दलहरुले धेरै मन्त्रालय मागेपछि सहमति भएको थिएन ।

कांग्रेसले ८, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति बन्न सकिरहेको छैन ।

नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको छ । प्रस्तावमा दलहरूले आ–आफ्नो दाबी राखेर सहमतिमा नआएपछि कुरा मिल्न सकिरहेको छैन ।

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएपछि १० चैतसम्म सरकारलाई पूर्णता दिने बताएका थिए । तर, अहिलेसम्म भागबण्डा नमिल्दा मन्त्रिपरिषद् पूर्ण हुन सकिरहेको छैन । मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन्।


प्रकाशित मिति: बुधबार, १५ चैत, २०७९, १२:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९