काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आज वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरू र १० बैशाखका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवार छान्ने भएको छ ।
त्यसका लागि सभापति शेरबहादुर देउवाले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
बैठकमा सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे छलफल गरि निर्णय लिइनेछ । तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै गत चैत ६ गते विश्वासको मत दिएको थियो । सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि बैठकले तय गर्ने एक नेताले जानकारी दिए ।
कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने भएको छ। यसअघि बैठकले तय गरेको योग्यता, क्षमता, प्रादेशिक सन्तुलन र समावेशी सिद्धान्तसमेत ख्याल गर्दै मन्त्री छान्ने मापदण्डका आधारमा आज मन्त्री छान्ने तयारी छ।
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेको छ। दलहरूले आज प्रधानमन्त्री दाहाललाई मन्त्रीको नाम बुझाएमा आज बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुने सम्भावना छ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९