प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्ने

प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्ने


प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज(बिहीबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । कांग्रेस र माओवादीसहित ९ दलीय गठबन्धनबीच मन्त्रालय संख्यामा बुधबार साँझ समझदारी बनेको थियो । त्यही समझदारीका आधारमा कुन मन्त्रालय कसले पाउने भन्ने टुंग्याएर मन्त्रिपरिषद् विस्तारको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साधन र स्रोतको उपलब्धताका हिसाबले आकर्षक मानिने विकासे मन्त्रालयमा दलहरूबीच दोहोरो–तेहरो दाबी रहेकाले मिलाएर साँझसम्म मन्त्रिपरिषद् विस्तार गरिने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् विस्तार र शपथ आजै हुने भएको जानकारी बालुवाटारले राष्ट्रपति कार्यालयलाई समेत अनौपचारिक गराइसकेको निकटटस्थ स्रोतले बतायो ।

दलहरूबीच कांग्रेस ८, माओवादी ५, जसपा २, एकीकृत समाजवादी २, लोसपा १, नागरिक उन्मुक्ति १, जनमत १ आमजनता १ र नेसपाले १ मन्त्रालय लिने सहमति भएको छ ।

मन्त्रालयको संख्या टुंगिएको मन्त्रालय कुन दलले कुन लिने भन्ने बिहीबार बिहानसम्म टुंगिने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए ।

माओवादी नेता श्रेष्ठले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीलाई दिन प्रधानमन्त्री दाहाल सकारात्मक भएका छन् । श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । एकीकृत समाजवादीलाई अर्को मन्त्रालय कुन दिने भन्नेमा सहमति भइसकेको छैन ।

प्रधानमन्त्री दाहालले शिक्षा र कृषिमध्ये एक मन्त्रालय दिने प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने भएको छ । कांग्रेसले सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एक मन्त्रालय पाउनुपर्ने बताइरहेको छ ।

यी मन्त्रालयमा माओवादी र अन्य साना दलको पनि दाबी रहेकाले टुंगो लाग्न सकेको छैन । कांग्रेसलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुदमध्ये मध्यका मन्त्रालय पर्ने सम्भावना छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीबाट सरकारको नेतृत्व गरेर पठाउने भएका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी भने प्रवक्ता डा.प्रकाशशरण महतलाई दिने भएका छन् । खड्काले उपप्रधानसहित रक्षा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सम्भावना रहेको धुम्बाराही स्रोतले बतायो ।

कांग्रेसमा प्रत्यक्षतर्फ निर्वाचित एक मात्र महिला सीता गुरुङसहित उपसभापति धनराज गुरुङ, सांसद डिकबहाुदर लिम्बू, एनपी साउद, रमेश रिजाल, विनोद चौधरीसहित मन्त्री बन्न लविइङमा लागेका छन् ।

प्रधानमन्त्री दाहालले जसपालाई शिक्षा, वन, कृषि र उद्योगमध्येबाट दुई मन्त्रालय दिने तयारी गरेका छन् ।

नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं सरकारमा जाने भएकी छन् । लोसपाले श्रम, कृषि, उद्योगमध्ये एउटा मन्त्रालय पाउने भएको छ, जसमा शरदसिंह भण्डारी जानेछन् । नेसपा नेता महेन्द्रराय यादव र आम जनता पार्टीका सांसद प्रभु साह पनि मन्त्री बन्ने सम्भावना रहेको निकटस्थ स्रोत बताउँछ ।


प्रकाशित मिति: बिहिबार, १६ चैत, २०७९, ०८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९