मन्त्रीहरूको शपथ तीन बजे गर्ने औपचारिक पत्र राष्ट्रपति कार्यालयमा

मन्त्रीहरूको शपथ तीन बजे गर्ने औपचारिक पत्र राष्ट्रपति कार्यालयमा


मन्त्रीहरूको शपथ तीन बजे गर्ने औपचारिक पत्र राष्ट्रपति कार्यालयमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने र पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

मुख्यसचिव शंकरदाश बैरागीले राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई तीन बजे मन्त्रीहरूको शपथग्रहण कार्यक्रमको तयारी गर्न निर्देशनसहितको जानकारी पठाएका हुन् ।

राष्ट्रपति कार्यालयले मुख्यसचिव बैरागीको पत्र आएको जानकारी दियो ।

मुख्यसचिवको पत्रपछि प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन बजे मन्त्रिपरिषद् विस्तार गरेर शपथ ग्रहण गराउने जानकारी गराएका छन् ।

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेट भएको जानकारी दिए ।

सत्ता गठबन्धनमा रहेका दलहरूलाई आफ्नो भागमा परेका मन्त्रालयमा दिउँसो एक बजेभित्र मन्त्रीको नाम बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह गर्ने जानकारी राष्ट्रपति कार्यालयमा मुख्यसचिव वैरागीले पठाएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २÷२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ ।


प्रकाशित मिति: शुक्रबार, १७ चैत, २०७९, १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९