काठमाडौँ । नेपाली कांग्रेसले पाएको आठमध्ये आज चार जना मात्रै मन्त्री बन्ने भएका छन् ।
शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि सभापति शेरबहादुर देउवाले आफ्नो पक्षबाट चार जनाको नाम पठाएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट चार जनाको मात्रै नाम पाएका हुन् ।
पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल र सीता गुरूङ मन्त्री बन्ने भएका छन् ।
खड्का उपप्रधानमन्त्रीसहित रक्षा, महत अर्थ, रिजाल उद्योग वा परराष्ट्रमध्ये एक हुने र गुरूङ सहरी विकास मन्त्री बन्ने भएका हुन् ।
आज बिहान बसेको कोइराला पक्षको बैठकले सम्मानजनक सहभागिता नभए सरकारबाहिरै बस्ने निर्णय गरेको थियो ।
पार्टीले पाएको आठमध्ये कम्तीमा तीन मन्त्रालय आफूहरूले पाउनुपर्नेमा कोइराला पक्षको अडान छ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९