काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार टुंग्याएका छन ।आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार टुंगो लगाएका हुन् ।
कांग्रेसले प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरूङ र सुदूरपश्चिम नारायण दत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै नेकपा (एस)का तर्फबाट प्रदेश नं.–१ मा जयन्ती राई (महिला) र बागमतीबाट गोमा तिमल्सिना (महिला) उम्मेदवार बन्ने भएका छन् ।
यस्तै, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) रहेकी छन्।
यही माघ १२ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । सत्तागठबन्धन दलले १९ सिटका लागि वाँडफाँड गरेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९