रास्वपा संसदीय दलका नेताबाट अर्यालले दिए राजीनामा

रास्वपा संसदीय दलका नेताबाट अर्यालले दिए राजीनामा


रास्वपा संसदीय दलका नेताबाट अर्यालले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलको नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । उनले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।

तत्कालीन संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले पद खारेज गरेसँगै अर्याल संसदीय दलको नेता बनेका थिए ।

गत १० गते भएको उपनिर्वाचनमा रवि लामिछाने पुनः निर्वाचित भएसँगै अर्यालले दलको नेताबाट राजीनामा दिएका हुन् । उनले आगामी दिनमा लामिछाने नै दलको नेता हुनेसमेत जनाएका छन् ।

‘उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनु भएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको छ,’ उनले भने, ‘मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मितिदेखि लागू हुने गरी संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु ।’


प्रकाशित मिति: शनिबार, १६ बैशाख, २०८०, २१:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९