सीमावर्ती क्षेत्रमा सुरक्षा अंगको बाक्लो उपस्थिति
गत मंगलबार एक नेपालीसहित २८ जनाको ज्यान जानेगरी भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ।
खुला सीमाका कारण अवाञ्छित गतिविधि रोक्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्। जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने सीमा क्षेत्रको निरीक्षण गरिएको र सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने व्यक्तिको जाँच गरेर मात्र आवागमन गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी गराएका छन्।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९