काठमाडौँ । नक्कली भुटानी शरणार्थी छानविन प्रकरणमा थप तीन जना अनुसन्धानको घेरामा तानिएका छन् । न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीका सञ्चालक हरिभक्त महर्जन सहित तीन जना सहकारी सञ्चालक पनि अनुसन्धानका क्रममा तानिएका हुन् ।
उनीहरुलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
यसरी अनुसन्धानका लागि तानिने थप ३ जनामा केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जन रहेका छन् ।
उनीहरुको नाममारहेको बैक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट खुलेको र यो प्रकरणका संग्लन्न मुख्य योजनाकार मध्येका एक सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएपनि अनुसनधानका क्रममा सहकारी सञ्चालकहरु पनि तानिएका हुन् ।
घटनामा संलग्न भएको आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना अहिले प्रहरीको हिरासतमा छन् ।
पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको अनुसन्धानका संग्लन्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
हरिभक्त महर्जन न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् ।
पीडितहरूले प्रहरीलाई दिएको जानकारी र उजुरीमा मुख्य योजनाकारमध्येका एक सन्देश शर्माले भनेअनुसार आफुहरुले तुलाधर, महर्जनको नाममा रहेको खातामा पैसा डिपोजिट गरेको उल्लेख गरेका कारण उनीहरुलाई पनि प्रहरीले अनुसन्धानमा तानेको हो ।
पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् ।
प्रहरीले घटनामा संग्लन्न भएको आरोपमा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ, ललितपुर घर भएका सानु भण्डारी, इन्द्रजीत राई, टेकनारायण पाण्डे, सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् । पूर्व मन्त्री तथा एमाले सचिव टोपवहादुर रायमाझी फरार छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९