काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद् बैठकमै अर्धनग्न बनेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गर्दा सभामुखले समय नदिएपछि त्यसको विरोधमा सर्ट र गञ्जी खोलेर अर्धनग्न भएका हुन् ।
सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुरा राख्न निर्देशन दिएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले बैठकमा नियमित कारबाहीमा जान्छौं भनेपछि सिंहले कपडा खोलेर विरोध जनाएका थिए ।
सांसद सिंहको उक्त व्यवहारपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९