विश्वकप छनोटका लागि प्रारम्भिक टिमको घोषणा

विश्वकप छनोटका लागि प्रारम्भिक टिमको घोषणा


विश्वकप छनोटका लागि प्रारम्भिक टिमको घोषणा

 काठमाडौं । जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद छन् ।

यस्तै सन्दीप जोरा, देव खनाल, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा परेका छन् ।

गत चैतमा घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा नेपालले तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपालसहित ८ टीमको सहभागिता रहेको छ ।


प्रकाशित मिति: सोमबार, ८ जेठ, २०८०, १७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९