नागरिक उन्मुक्ति पार्टीद्धारा घोषणापत्र सार्वजनिक, रेशम चौधरीको रिहाईको माग

नागरिक उन्मुक्ति पार्टीद्धारा घोषणापत्र सार्वजनिक, रेशम चौधरीको रिहाईको माग


नागरिक उन्मुक्ति पार्टीद्धारा घोषणापत्र सार्वजनिक, रेशम चौधरीको रिहाईको माग

काठमाडौं, । निर्वाचन आयोगमा दर्ता गरिएको दल नागरिक उन्मुक्ती पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । उसले नेपाल सरकारले छुवाछुत अन्त्य, जानजाती प्रथाको उन्मुलन र जातिय भेदभावको पूर्ण अन्त्य र न्यायको पूर्ण पालनामा कर्तब्यनिष्ठ रहनेछौं भनेर गरिएको बिभिन्न अन्तराष्ट्रिय सन्धी सम्झौताको पूर्णरुपमा धज्जी उडाएको आरोप लगाएको छ । 

पार्टी दर्ता गरेपश्चात आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त पार्टीले अन्तराष्ट्रिय सन्धी÷सम्झौताको पूर्ण पालना गर्न गराउन राज्यलाई झकझकाउने काम गर्ने घोषणा गरेको छ । 

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीको प्रस्तावना पढेर सुनाएकी थिइन् । उनले पार्टीले नेपालले आदिवासी, जनजाती, दलित, श्रमिक, मजदुर, छुवाछुत अन्त्य, जनजाती प्रथाको उन्मुलन र जातीय भेदभावको पूर्ण अन्त्यसहित उनीहरुमाथि गरिएको न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहने भन्दै  बिभिन्न अन्तराष्ट्रिय सन्धी÷सम्झौताको पूर्णपालना गर्न÷गराउन राज्यलाई झकझकाउने गर्ने बताइन् । 

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य योगेन्द्र घिसिङले ६ महिनाभित्र रेशम चौधरीलाई जेलबाट छुटाउने दाबी गरेका थिए । उनले शेरबहादुर, पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले चाहेर पनि अब रेशम चौधरीलाई थुन्न नसक्ने भन्दै अबको छ महिनाभित्र जनताले रेशम चौधरीलाई जेलबाट छुटाउने दाबी गरे ।

उनले संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने जिम्मेवारी रहेको बताउदै आवश्यकता हेरेर संविधान संशोधनबारे पार्टीले आवाज उठाउने बताए । 
‘शिक्षा र स्वस्थ्यजस्ता आधारभुत आवश्यकता जनताले निःशुल्क पाउनुपर्ने भएपनि आजको दिनमा शिक्षा र स्वास्थ्य व्यवसायिक घरानाको मुठीमा पुगेको छ । यस्ता आधारभुत कुरालाई निःशुल्क दिनुपर्छ भन्ने हाम्रो पार्टीको माग रहनेछ’ उनले भने । 

अर्का केन्द्रीय सदस्य लक्ष्मणकिशोर चौधरीले २३ जिल्लामा रहेका ३५ लाख थारु समूदायलाई राज्यबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सत्तामा जाने सिढीँको रुपमा मात्र प्रयोग गरेको आरोप लगाएका थिए ।  

पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले  पार्टी थारुको मात्र पार्टी नभएर न्यायको पार्टी भएको बताएका थिए । आफुहरले रेशम चौधरीकै नाममा दल दर्ता गर्न चाहेपनि कानुनत नमिलेपछि रेशम चौधरीको श्रीमती रंगिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नयाँ दल दर्ता गरिएको स्पष्ट पारेका छन् । ‘अब हामी संगठन बिस्तारका काम गर्नुपर्नेछ’,उनले भने । 

रेशम चौधरी राजनीतिमा आए आफुलाई घाटा हुन्छ भन्ने डरले केही व्यक्तिहरुले फसाएको उनको आरोप थियो । यस्तै, उनले लाल आयोग सार्वजनिक भए हत्यारा को ? भन्ने कुरा पत्ता लाग्ने दाबी गरेका थिए । 

‘२०७२ भदौं ७ गते टिकापुरमा घटना घटेको थियो । जुन आफैमा दुःखद् घटना घटेको थियो । थारुहरुका ८२ वटा घर जलेर नष्ट भएका छन् । त्यहाँ त्यो समयमा अखण्ड सुदुरपश्चिमको मागसहितको आन्दोलन पनि भइरहेको थियो । तर, थारुलाई मात्र संकटकाल लगाइयो । थारुले जनमत पाएपनि प्रमाणपत्र दिइएको छैन् । सरकारले विभेद गरेको छ । उहाँलाई तत्काल रिहाइ गर्नुपर्छ’ उनले भने ।

 


प्रकाशित मिति: मंगलबार, २० पुस, २०७८, २०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९