काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन् ।
न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने छन् ।
तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीले जनाएकाे छ ।
करिब एक साताको भ्रमणका क्रमाम अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९