एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित


एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै माओवादी सांसद राजन दाहालले पशुपतिमा सुनको जलारी भनेर पितलको जलारी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमाले सांसदहरूले उठेर सदनको कामकारबाही अवरोध गरेको हो ।

त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिएका थिए । संसदमा बाेल्दै गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखे ।

एमाले दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तापक्षकै सांसदले गम्भीर आरोप लगाएकाले यसको रफादफा नगरी संसद् चल्न नसक्ने स्पष्ट पारे । सभामुख देवराज घिमिरेले पटक पटक सांसदहरूलाई बस्न आग्रह गरे पनि एमाले सांसदहरू मानेनन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई सभामुखले बोल्न समय दिएपछि एमाले सांसदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए ।

पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख घिमिरेल २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, १२ जेठ, २०८०, १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९