थप अतिरिक्त एक मात्रा खोप अभियान स्थगित

थप अतिरिक्त एक मात्रा खोप अभियान स्थगित


थप अतिरिक्त एक मात्रा खोप अभियान स्थगित


काठमाडौँ,  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१८ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा खोपको अभियान कार्यक्रम स्थगित गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले सवै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको पुरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि अतिरिक्त थप एकमात्रा खोप अभिायन कार्यक्रम स्थगित गरिएको बताइन ।

“सवै नागरिकलाई कोभिड १९ विरुद्धको पुरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकोले राष्ट्रिय खोप अभियान दु्रत गतिमा संचालन गर्न आवश्यक छ,” उनले जारी गर्नु भएको सूचनामा भनिएको छ, “ त्यसैले अतिरिक्त थप प्राविधिक बिषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस बिषयमा जानकारी गराउने व्यहोरा अनुरोध छ ।”

मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका लक्षित व्यक्तिलाई पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिन थालिएको थियो । 

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । 

मन्त्रालयले मध्यम तथा गम्भिर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिm सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका विरामी, एचआइभि भएका विरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका विरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० बर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त मात्रा खोप दिइन थालेको थियो । 

 


प्रकाशित मिति: मंगलबार, २० पुस, २०७८, २०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९