हिजो स्थगित भएको प्रतिनिधि सभा बैठक आज बस्दै

हिजो स्थगित भएको प्रतिनिधि सभा बैठक आज बस्दै


हिजो स्थगित भएको प्रतिनिधि सभा बैठक आज बस्दै

 काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिने सूची थियो । तर, माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीबारे प्रश्न उठाएपछि एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए ।

पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको दाबीपित्तल हालेको आरोप लगाएपछि एमालेले संसद अवरुद्ध गरेको थियो । त्यसपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक बस्दै नबसी आजका लागि सारिएको हो ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसेपनि जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न नसपछि बैठक आजका लागि सारिएको हो ।

एमालेले माओवादी सांसद दाहालले माफी माग्नुपर्ने एकसूत्रीय अडान राखिरहेको छ । तर, माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।


प्रकाशित मिति: शनिबार, १३ जेठ, २०८०, ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९