तीन दल बैठकः सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

तीन दल बैठकः सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति


तीन दल बैठकः सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादपछि अवरुद्व संसद खुलाउन बसेको बैठकले सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने समझदारी गरेको छ ।

यो सहमतीसँगै आजै प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन सम्वोधन गर्ने सहमति शीर्ष नेताहरुबीच भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पार्नुभएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।


बैठकमा आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए।


प्रकाशित मिति: शनिबार, १३ जेठ, २०८०, ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९