प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको कार्यतालिका सार्वजनिक

प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको कार्यतालिका सार्वजनिक


प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठमा ४ दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली जाँदैछन्।

नेपालस्थित परराष्ट्र मन्त्रालयले दाहालको भारत भ्रमण तालिका सार्वजनिक गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री दाहाल छोरी गंगासहित सचिव र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू पनि रहनेछन्।

 प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यसपछि प्रचण्ड र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम गर्नेछन् ।

उक्त सम्मेलन सकिएपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना हुनेछ ।

भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्नेछन् । प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

त्यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौँ फर्कने कार्यक्रम रहेकाे छ । 


प्रकाशित मिति: शनिबार, १३ जेठ, २०८०, १३:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९