बागमती सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

बागमती सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै


बागमती सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (आइतबार) ल्याउँदै छ। प्रदेश सरकारको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरिने भएको हो ।

दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रदेश सरकारले समावेशी, समानुपातिक सिद्धान्त र भूगोलका आधारमा कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको भनाइ छ।

उनका अनुसार सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याइने छ । यता प्रदेश सरकारको प्रमुख प्रीतपक्षी दल नेकपा एमाले आफूले दिएका सुझाव र बुँदाका आधारमा सरकारले नीति तथा कार्यक्रम नल्याए संसद्‌बाट पास हुन नदिने चेतावनी दिइरहेको छ।

प्रिबजेट छलफलका बेला नै एमालेले कुरा राखेको र सरकारले यसको बेवास्ता गर्दै एकपक्षीय ढंगले नीति तथा कार्यक्रम ल्याए आफूहरुले नमान्ने एमाले बागमती सचेतक मधुसूदन पौडेलले बताए।

 


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९