कानुनअनुसार रेशम चौधरीलाई माफी दिइएको हो : सञ्चारमन्त्री

कानुनअनुसार रेशम चौधरीलाई माफी दिइएको हो : सञ्चारमन्त्री


कानुनअनुसार रेशम चौधरीलाई माफी दिइएको हो : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक नाबालक र सात सुरक्षाकर्मीसहित आठजनाको ज्यान जाने गरी भएको नरसंहारका प्रमुख दोषी रेशम चौधरीलाई कानुनअनुसार नै माफी मिनाहाका लागि सिफारिस भएको बताएकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डिल्ली बजार जेलमा सर्वस्वसहित जन्मकैद भोगिरहेका रेशमको बाँकी सजाय माफी दिने निर्णय गरेको छ । त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रष्टीकरण दिँदै माफी मिनाहा कानुन अनुसार गरिएको बताएकी हुन् ।

‘रेशम चौधरीबारे बाहिर आएका विषयलाई सरकारले गम्भीरता रुपमा लिएको छ। हालै सर्वोच्च अदालतको जुन फैसला आएको छ, त्यसले उच्च अदालतको फैसलालाई सदर गरिसकेको छ। यसमा सर्वोच्चले थप निर्णय पनि गरेको छैन,’ मन्त्री शर्माले भनिन्, कानुनविदहरुसँगको राय सल्लाहमै यो निर्णय भएको हो। कानुनविदहरुको राय फरक फरक हुने नै भयो। तर हामीले अहिले कानुनभन्दा बाहिरबाट गएर निर्णय गरेका छैनौँ।’


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९