भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव


भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठसहित राजनीतिज्ञसँग आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै सुझाव मागेका हुन् ।

सो क्रममा उनीहरुले नेपालको हितलाई ध्यान दिन सुझाव दिएका छन् । उनीहरुले सीमा विवाद, ईपीजीको प्रतिवेदनसहित दुई देशबीच देखिएका विवाद समाधानमा भ्रमणलाई केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

 


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९