काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा आपत्ति जनाएका छन् ।
भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख छ । उक्त नक्साप्रति ओलीले आपत्ति जनाएका हुन् ।
मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको विवादित नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएको भन्दै सरकारको ध्यानाकर्षण पनि जनाएका छन् ।
बुधबारबाट हुने भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने सुझाव दिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९