काठमाडौं । नेकपा एमालेको आजबाट जिल्ला अधिवेशन सुरु भएको छ । आज केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटनपछि अध्यक्ष ओलीले काठमाडौं र काभ्रेको अधिवेशन उद्घाटन गरेका थिए ।
तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानून र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाए । सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।
तीनवटै सम्बोधनमा एउटै भाषण गर्नुभएका अध्यक्ष ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए ।
‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने , ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’
आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए ।
राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’
सरकार गठनसम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशप्रति उहाँले खरो टिप्पणी गरे । आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताएका ओलीले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताए ।
एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे। एमालेसँग अहिले पनि जनमत बढी रहेकोले गर्दा उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९