शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु

शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु


शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाँण र टेकनाथ रिजालको बयान सुरु भएको छ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँण र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो ।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजो बयान लिएका थिए ।

आज खाँण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजवाट सुरु भएको हो । महर्जनले हिजो मात्रै आत्मसमपर्ण गरेका थिए ।

सो प्रकरणमा मुछिएकाहरूको बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

 


प्रकाशित मिति: शुक्रबार, १९ जेठ, २०८०, १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९