प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाको लागि स्थगित

प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाको लागि स्थगित


प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाको लागि स्थगित

काठमाडौँ । नेकपा एमालेसहित सबै प्रतिपक्षी दलले विरोध गरेपछि प्रतिनिधिसभा बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसदमा विरोध जनाएको हो ।गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०र८१ को बजेटमाथी आजबाट छलफल सुरु हुनेछ ।

 


प्रकाशित मिति: आइतबार, २१ जेठ, २०८०, १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९