गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी

गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी


गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी

काठमाडौैं । गौर हत्याकाण्डको १७ वर्षपछि आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । २०६३ चैत ७ गते भएको घटनामा २९ जनाले ज्यान गुमाएका थिए । अधिवक्ता जयमंगल जयसवालले रिट निवेदन दर्ता गरेका हुन् ।

तत्कालीन माओवादी र मधेसी जनअधिकार फोरमको इगोका कारण गौर नरसंहार भएको थियो । दुवै पक्षले संयमता नअपनाउँदा निहत्था नागरिकले ज्यान गुमाएका थिए । त्यसबेला फोरमका अध्यक्ष उपेन्द्र यादव थिए । उनी मधेस आन्दोलनबाट चर्चामा आएका थिए ।

माओवादी पनि भर्खर भर्खर मूलधारको राजनीतिमा आउने प्रयासमा थियो । ०६२र६३ को जनआन्दोलन हुनै लाग्दा गौरनरसंहार भएको थियो । जसमा माओवादीतर्फबाट धेरै हताहती भएका थिए ।

विगतमा एमाले र माओवादीसँग निकट रहेर राजनीति गरेका उपेन्द्र यादवको निर्देशनमा गौर हत्याकाण्ड गराइएको उनीमाथि आरोप लागेको छ । त्यसैले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको छानबिन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको एक साता नबित्दै सर्वोच्चमा मुद्दा दर्ता हुनुलाई अर्थपूर्ण मानिएको छ ।


प्रकाशित मिति: आइतबार, २१ जेठ, २०८०, १६:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९