नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री

नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री


नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्री हुँदा जारी अध्यादेशमा समेटिएकै विषयलाई हुबहु नै अहिले प्रमाणीकरण भएको विधेयकमा समेटिएको बताए ।

नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने उद्देश्यअनुरुप नै विधेयक ल्याइएको जानकारी दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण विषय अदालतमा प्रवेश गरिसकेकाले संसदमा विवाद गर्नु आवश्यक नरहेको बताए ।
 


प्रकाशित मिति: सोमबार, २२ जेठ, २०८०, १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९