प्रधानमन्त्री प्रचण्डलाई संसदमा अवरोध, सत्ता र प्रतिपक्षका सांसदहरुबीच भनाभन

प्रधानमन्त्री प्रचण्डलाई संसदमा अवरोध, सत्ता र प्रतिपक्षका सांसदहरुबीच भनाभन


काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा बोल्नेक्रममा अवरोध भएको छ ।

सोमबार नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिइरहेका बेला एमाले सांसदले उठेर अवरोध गरेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु भनाभन गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीलाई बोल्न दिएका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्ड बोल्न थाल्दा फेरि एमाले सांसदहरू उठेका थिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि वादविवादमा उत्रिएका थिए । नागरिकता विधेयक प्रमाणीकरणको विषयमा प्रतिपक्षका सांसदहरुले प्रक्रिया नमिलेको भन्दै विरोध गरिरहेका छन् ।

 


प्रकाशित मिति: सोमबार, २२ जेठ, २०८०, १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९