कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादी निर्णय

कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादी निर्णय


कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादी निर्णय

काठमाडौं । माओवादीले कोसी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार प्रदेश संसदीय दल र पार्टी पदाधिकारीबीच बसेको संयुक्त बैठकपछि सरकार छाड्ने निर्णय गरेको हो ।

बैठकले सरकारमा सहभागी दुई मन्त्रीहरूलाई राजीनामा बुझाउने र संसदीय दललाई सरकारको समर्थन फिर्ता गर्न निर्देशन दिएको माओवादी कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताएका छन् । कांग्रेस, एकीकृत समाजवादीले माओवादी र जसपालाई सरकारबाट बाहिरिन दबाब दिँदै आएका छन् ।

केही दिनअगाडि सरकारमा सहभागी जसपासमेत सरकारबाट बाहिरिएको थियो ।

 


प्रकाशित मिति: मंगलबार, २३ जेठ, २०८०, १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९