करको दर हेरफेरबारे संसदीय समिति बनाउन एमालेको माग

करको दर हेरफेरबारे संसदीय समिति बनाउन एमालेको माग


करको दर हेरफेरबारे संसदीय समिति बनाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई घुसाएको भन्दै संसदीय समिति बनाएर छानविन गर्न माग गरेको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे संसदीय समिति बनाएर छानबिन नगरिए संसद् चल्न नदिने बताए ।

बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए ।

प्रतिनिधिसभामा बजेटमाथि छलफल हुने कार्यसूची छ । तर, आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजेका लागि बोलाइएको बैठक बस्न सकेको छैन ।

 


प्रकाशित मिति: मंगलबार, २३ जेठ, २०८०, १४:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९